सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिलिजको लागि उत्कृष्ट मितिको पर्खाइमा ‘बन्टी और बब्ली-२’

२०७७ असोज २७, ०३:५० रासस

भारतीय सञ्चारमाध्यमहरुका अनुसार चलचित्र ‘बन्टी और बब्ली-२’ को रिलिजका लागि निर्माण कम्पनी यसराज फिल्मस् उत्कृष्ट मितिको पर्खाइमा रहेको छ। 

चलचित्र ‘बन्टी और बब्ली-२’ का कलाकार रानी मुखर्जी, सैफ अली खान, सिद्धान्त चतुर्वेदी र शर्वरीले हालै डबिङको काम सिध्याएका छन् । योसँगै चलचित्र हलमा जानको लागि तयार भएको छ । 

‘बन्टी और बब्ली-२’ मा सिद्धान्त र शर्वरी पहिलो पटक जोडीको रुपमा डेब्यु गर्दै छन्। यसका साथै यशराजले लामो समयपछि कुनै समयका हिट जोडी सैफ अली खान र रानी मुखर्जीलाई पुनः सँगै ठूलो पर्दामा ल्याएका छन्। 

कमेन्ट लोड गर्नुस