सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा श्रेष्ठ

२०७७ असोज २७, ०३:१४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन्। कैलाली र कंचनपुर जिल्ला फुटबल संघले सिफारिस गरेको आधारमा प्रदेश फुटबल संघको तदर्थ समितिको अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। 

कंचनपुरको महेन्द्रनगरमा आज भएको भेलाले संघको उपाध्यक्षद्वयमा राघवेन्द्र कार्की (कैलाली) र तेज बहादुर चन्द (कंचनपुर) लाई चयन गरेको छ। 

त्यस्तै महासचिवमा अमृत शाह(कंचनपुर), कोषाध्यक्ष शंकर श्रेष्ठ(कैलाली), महिला सदस्यमा डम्मरी(रक्षा)महरा (कंचनपुर) र सदस्यहरुमा हेमकृष्ण रंजितकार(कैलाली), लालमन तामाङ (कंचनपुर), नृप बुढा (कैलाली), नितेश रावल (कंचनपुर), गोपाल चौधरी (कैलाली), दिनेश मल्ल (कंचनपुर) र दिनेश बोगटी (कंचनपुर) चयन गरिएको एन्फाका केन्द्रिय सदस्य प्रदेश सिंह राठौरले जानकारी दिए। 

एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ्ग सेर्पाको प्रमुख आतिथ्यमा प्रदेश फुटबल संघको गठन भएको हो। 

कार्यक्रममा कैलाली र कंचनपुर जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाह र गणेश चन्द लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो।
 

कमेन्ट लोड गर्नुस