साडा सुदूरपश्चिमको समिति गठन, अध्यक्षमा पुष्कर ओझा

धनगढी: सुदूरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन(साडा) को समिति गठन भएको छ। समितिको अध्यक्षमा उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा चयन भएका छन्।
त्यसैगरी उपाध्यक्षमा साहनवाज आलम, परशुराम चपाइ, गौरब अग्रवाल गरी तीन जना चयन भएका छन्। भने, महासचिवमा श्याम जोशी, सचिवमा प्रदिप जोशी, कोषाध्यक्षमा अभियान खड्का चयन भएका छन्।
यस्तै सदस्यमा मसकुर अहमद, श्याम ओझा, प्रेम साउद, राजीव हमाल, महेन्द्र सिंह, समुन्द्र भण्डारी र भुवन भट्ट चयन भएका छन्।
सल्लाहकार सदस्यमा नविन जोशी, राजेश भण्डारी र राकेश कर्माचार्यलाई चयन गरिएको नव निर्वाचित अध्यक्ष पुष्कर ओझाले जानकारी दिए। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन(नाडा)को छाता संगठनको रूपमा साडा गठन गरिएको उनले बताए।
