बैतडीका थप ६ जनामा कोरोना पुष्टि

२०७७ असोज २७, ११:००
धनगढीः बैतडीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले बैतडीको पाटन नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६ जनाको कोरोना परीक्षण गरिएको छ।

कमेन्ट लोड गर्नुस