आईपीएलमा बैँगलोरको पाँचौँ जित

रोयल च्यालेन्जर्स बैंगलोरले यूएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ। सारजाहमा सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौँ जित निकालेको हो।
सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो। कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए। यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६र१६ रन बनाए।
कोलकाताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २र२ विकेट लिए। यस्तै मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एकरएक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो। बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए। कप्तान विराट कोहली ३३ रनमा अविजित रहे। जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ। बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ। ७ खेलमा ८ अंक जोडेको कोलकाता भने हारका बाबजुद चौथो स्थानमा छ।–एजेन्सी

