थप ९ जना कोरोना संक्रमितको मृत्यु

२०७७ असोज २६, ०४:४३
धनगढी: नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा दुई महिला र सात पुरुष रहेका छन्।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ । यो कुल संक्रमितको संख्याको शून्य दशमलव ५८ प्रतिशत हो।

कमेन्ट लोड गर्नुस