सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झण्डै तीन लाख मुल्यका मोबाईलका स्क्रिनगार्ड बरामद

२०७७ असोज २५, १०:५५ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा शसस्त्र प्रहरीले झण्डै तीन लाख मुल्य बराबरका मोबाईलका स्क्रिनगार्डहरु बरामद गरिएको छ।

आईतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी दोधाराबाट सशस्त्र प्रहरी हल्दार भान सिँह भाटको कमाण्डामा खटिएको सीमा गस्ती टोलीले दुई लाख ९०  हजार मुल्य बराबरका मोबाईलका स्क्रिनगार्ड बरामद गरेको जनाएको हो। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर १० विकास बस्ती क्षेत्रबाट भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएका दुई हजार नौ सय ३० पसि बेवारीस्य मोबाईलका स्क्रिनगार्ड बरामद गरिएको शसस्त्र प्रहरीले जानकारी दिएको छ।

सामान आवस्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको छ।
 

कमेन्ट लोड गर्नुस