शेयर कारोबार दोहोरो अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६ दशमलव २७ मा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ०१ बिन्दुले घटेर ३११ दशमलव ७३ मा झरेको छ। कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर उकालो लाग्दा अरु ११ उपसमूहको शेयर भने ओरालो लागेको छ। वित्त १७ दशमलव ५ अङ्कले उकालो लाग्दा बैंकिङ १० दशमलव ५, व्यापार १९ दशमलव ६९, होटल ३८ दशमलव २३, विकास बैंक २० दशमलव ८८, जलविद्युत २ दशमलव ७५, निर्जीवन बीमा ८६ दशमलव ३७, उत्पादन ४८ दशमलव ४८, अन्य ९दशमलव २९, लघुवित्त ८ दशमलव ९३, जीवन बीमा १० दशमलव ७१ ओरालो छ।
कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १० करोड ६ लाख ५८ हजार ११७ बराबरको कारोबार भयो। यस्तै अपि पावर कम्पनी १० करोड दुई लाख ५३ हजार ६६५, अरुण भ्याली हाइड्रोपावर नौ करोड ६९ लाख ४१ हजार ४७६, सानीमा माई हाइड्रोपावर सात करोड ६४ लाख ६५ हजार ८२९, अरुण काबेली पावर सात करोड ४२ लाख ५० हजार ४२, हिमाल दोलखा हाइड्रोपावर सात करोड आठ लाख ६५ हजार ४२४ र कामना सेवा विकास बैंकको रु छ करोड ७४ लाख ४१ हजार ३८७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
कारोबारका आधारमा आइसिएफसी फाइनान्स ९दशमलव ८२, रिडी हाइड्रोपावर ८ दशमलव ४२, जानकी फाइनान्स ६।५१ , श्री इन्भेस्टमेन्ट कम्पनी ६ दशमलव ०६, रिलायन्स फाइनान्स ५ दशमलव ९५ र सबैको लघुवित्तका लगानीकर्ताले ५ दशमलव ३३ प्रतिशतले गुमाए।
त्यस्तै, अपि पावर कम्पनी ७ दशमलव १४, खानीखोला हाइड्रोपावर ६ दशमलव ६७, दिव्यश्वरी हाइड्रोपावर ६ दशमलव ११, पञ्चकन्या माई हाइड्रो ६ दशमलव १०, नेपाल फाइनान्स छ र आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५ दशमलव ३७ प्रतिशतले गुमाए।

