नेपाल चिकित्सक सङ्घद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ : नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।
सङ्घले सरकार र अनशनरत डा गोविन्द केसीकाबीच गएराती आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ। सङ्घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा वहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो।
सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा गोविन्द केसी पक्षबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिए।
