डोटी प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि

२०७७ असोज २५, ०३:०१
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ। १०४ जनाको कोरोना परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुष र एक महिला गरी २ जना र अछामको मंगलसेन नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण भेटिएको बताए।


कमेन्ट लोड गर्नुस