डा. केसीले तोडे अनशन
धनगढी : चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २८ औं दिनमा अनसन तोडेका छन्। शनिवार मध्यराति सरकार र केसी पक्षबीच ८ बुँदे सहमति भएपछि आइवार बिहान १०ः१२ बजे डा. केसीले अनसन तोडेका हुन्। उनले कोरोना संक्रमण मुक्त भएको अस्पतालका कर्मचारी ४६ वर्षीय विकास नेपालीले जुस खुवाएरअनसन तोडाएका हुन्।
सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन। शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।
प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो। प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा. दिव्यासिंह शाहमार्फत डा. केसीसँग संवाद अघि बढाएका थिए।