सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य सेवामा उत्कृष्ट कार्य गरेको भन्दै सुदूरपश्चिमका ३६ कर्मचारी पुरस्कृत

२०७७ असोज २४, ०७:२३ खबर संवाददाता

धनगढीः स्वास्थ्य सेवामा उत्कृष्ट कार्य गरेको भन्दै सुदूरपश्चिमका ३६ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय दिपायलले विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई पुरस्कृत गरेको हो।

पुरस्कृत हुने कार्यालय प्रमुखहरुमा महाकाली अस्पतालका मेसु डाक्टर हरिकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट र आयुर्वेद स्वास्थ्य केन्द्र बैतडीका प्रमुख नरेन्द्रप्रसाद कलौनी रहेका छन्।

यस्तै चिकित्सकहरुमा सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमर, जिल्ला अस्पताल दार्चुलाका मेसु डाक्टर गजेन्द्र दुवाल, जिल्ला अस्पताल बझाङका केसु डाक्टर सन्दिप ओखेडा रहेका छन्। 

प्रयोगशालाकर्मीहरुमा सेती प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज रमेश शाही, डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज ईश्वरी भुसाल, महाकाली अस्पतालका ल्याव असिस्टेन्ट शारदा बोहरा, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव असिस्टेन्ट हिक्मत बडाल, महाकाली अस्पतालका ल्याव टेक्निसियन प्रेमनारायण शर्मालाई पुरस्कृत गरिएको छ।

पुरस्कृत हुने नर्सिङ कर्मचारीहरुमा जिल्ला अस्पताल अछामकी स्टाफ नर्स गंगा बुढामगर, सेती प्रादेशिक अस्पतालकी सिनियर अनमि रत्ना सिँह पाण्डे रहेका छन्। यस्तै आयुर्वेद स्वास्थ्यकर्मीमा सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर चेतराज जोशीलाई पुरस्कृत गरिएको छ।  

अन्य स्वास्थ्यकर्मीमा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगनराज चौधरी, पुर्चौडी स्वास्थ्य चौकी बैतडीका ल्याव असिस्टेन डम्बर कुँवर, कालिका स्वास्थ्य चौकी अछामकी अनमि माया स्वाार, बुढीगंगा नगरपालिका बाजुराका सिनियर अहेब टेकबहादुर खड्का, गोदावरी नगरपालिकाका हेल्थ असिस्टेन बिष्णु जोशी, महाकाली नगरपालिका दार्चुलाका सिनियर अनमी लाल्जिरा रावत,  घटाल स्वास्थ्य चौकी डडेल्धुराका सिनियर अहेब लोकराज पनेरु पुरस्कृत भएका छन्। यस्तै थलारा गाउँपालिका बझाङ्गका सिनियर अहेब पदमबहादुर ओली, शिखर नगरपालिका डोटीका जनस्वास्थ्य निरिक्षक हरिशचन्द्र शाह पुरस्कृत भएका छन्। 

अन्य कर्मचारीहरुमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवर, स्वास्थ्य निर्देशनालय डोटीका भेक्टर कन्ट्रोलर सुपरिभाइजर हेमराज जोशी, स्वास्थ्य कार्यालय बैतडीका सिनियर अहेब भुवन प्रसाद जोशी, स्वास्थ्य कार्यालय अछामका देवदत्त जोशी, जिल्ला अस्पताल बाजुराका सत्यराज जोशी, स्वास्थ्य कार्यालय कैलालीका जयसिंह भण्डारी, स्वास्थ्य कार्यालय दार्चुलाका बिरेन्द्र भट्ट, स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर सुपरिभाइजर हरि प्रसाद भट्ट, लडगाडा स्वास्थ्य चौकी डोटीका निर्मला लामिछाने, सेती प्रादेशिक अस्पतालका गोविन्द दाहाल, सेती प्रादेशिक अस्पतालका उदय नाथ योगी, धनगढी उपमहानगरपालिकाका राकेश चौधरी र स्वास्थ्य निर्देशनालय डोटीका कमल सिह बिष्टलाई पुरस्कृत गरिएको छ। 

पुरस्कृत हुने कर्मचारीलाई २० हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओमप्रकाश जोशीले बताए।

 

कमेन्ट लोड गर्नुस