सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइतबार देशभरका अस्पतालमा आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प हुने

२०७७ असोज २४, ०६:५९ खबर संवाददाता

धनगढी: नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९का सेवा बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्न आग्रह गरेको छ।

संघले आफ्ना सबै शाखा, देशभरका स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उक्त निर्णय कार्यान्वयन गर्न गराउन भनेको हो । सरकारले डा. केसीको जीवन रक्षाका लागि गम्भिरता पूर्वक नलिएको भन्दै वाध्यतावस सेवा ठप्प पार्ने अवस्था आएको विज्ञप्तिमा भनेको छ।  

संघले शुक्रबार नै  विरोधको कार्यक्रम गर्ने निर्णय गरेको थियो। बिहीबार सरकारी वार्ता टोलीसँग सकारात्मक रुपमा छलफल अगाडि बढेपछि संघले उक्त कार्यक्रम स्थगित गरेको थियो।  तर शुक्रबारको छलफलमा सरकारले वार्तालाई सकारात्मक रुपमा अगाडि नबढाएको र शनिबार २७औं दिनमा पनि सरकार गम्भिर नभएको भन्दै संघले सेवा बहिष्कारको कार्यक्रम सार्वजनिक गरेको जनाएको छ।  

डा. केसीको सत्याग्रह अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने कुरा पनि विज्ञप्ति मार्फत भनेको छ।  

कमेन्ट लोड गर्नुस