डा. केसीलाई अनसन तोड्न सरकारी टोलीको आग्रह
धनगढी : सरकारी वार्ता टोलीले अनसन अन्त्य गर्न डा। गोविन्द केसीलाई आग्रह गरेको छ। २७ भदौदेखि आमरण अनसनमा बसेका डा. केसीलाई वार्ता टोलीले एक विज्ञप्ति निकाल्दै अनसन तोड्न अनुरोध गरेको हो।
सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीको हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा भनिएको छ 'नेपाल सरकार गुणस्तरीय चिकित्सा शिक्षा बिस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड १९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त रहेको हालको अवस्थामा यस्तो विषम परिस्थितिलाई मनन एवं आत्मासाथ गर्दै आफ्नो अनशन अन्त्य गरिदिनु हुन प्राडा गोविन्द केसीलाई वार्ता समिति विनर्मतापूर्वक हार्दिक अनुरोध गर्दछ।’