एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ५ हजार ६८४
धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका हुन्।
मन्त्रालयका सोही अवधीमा १ हजार २२९ संक्रमित निको भएर घर फर्किएका छन्। हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ।
कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। ७४ हजार २५२ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।