डोटीका थप २ जनामा कोरोना पुष्टि
२०७७ असोज २४, ०३:२२
धनगढी: डोटीमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४१ जनाको परीक्षण गर्दा २ जना नयाँ र एक जना फलोअपका संक्रमितमा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका–६ का एक जना र केआई सिह गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।
कमेन्ट लोड गर्नुस