सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीप दुर्घटना

२०७७ असोज २३, ११:४५ खबर संवाददाता

बैतडी: बैतडीमा शुक्रबार जीप दुर्घटना भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से१ज ८८८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।  

जीपमा सवार १० जना मध्ये ५ जना समान्य घाइते भएका र उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

जीप सडकबाट करीब ३० मिटर तल खसेको बताइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन्।

कमेन्ट लोड गर्नुस