सुनको भाउ बढ्यो
२०७७ असोज २३, ११:३६
आज सुनचाँदीको भाउ आज बढेको छ। सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बिहीबार तोलामा २ सय रुपैयाँ घटेकोे सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो।
यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
कमेन्ट लोड गर्नुस