एकैदिन ४,३६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९८, ६१७ पुग्यो
२०७७ असोज २२, ०४:२७
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन्।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।
कमेन्ट लोड गर्नुस