सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइपीएल :कोलकाताद्धारा चेन्नाई १० रनले पराजित

२०७७ असोज २२, ०८:०० खबर संवाददाता

ओपनर राहुल त्रिपाठीको उत्कृष्ट प्रदर्शनको मद्दतमा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हराएको छ।

आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाताले चेन्नाईलाई जितका लागि १६८ रनको चुनौति दिएको थियो। चेन्नाईको टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो।

कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए। ५१ बल सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे। उनी म्यान अफ द म्याच भए।

चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो। तर आन्द्रे रसेलले १५ रनभन्दा बढी दिएनन्। चेन्नाईको सुरुवात राम्रो थियो। उसले १० ओभरमा एक विकेट मात्रै गुमाएर ९० रन बनाएको थियो। तर त्यसपछिको बाँकी १० ओभरमा चेन्नाईले मात्रै ६७ रन बनाउन सक्यो। 

चेन्नाइका लागि शेन वाटसनले ५० रन बनाए। तर चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान महेन्द्र सिंह धोनीले ११ रन मात्रै बनाए। धेरै रन बटुल्न आवश्यक परेको बेला केदार जाधवले १२ बलमा मात्र ७ रन बनाउन सके। उनले खाता नै छैठौं बलमा खोलेका थिए।

अम्बाती रायडुले ३० तथा फाप डु प्लेसिस र साम कुरानले समान १७–१७ रन बनाए। रविन्द्र जडेजा २१ रनमा नटआउट रहे। यसअघि अबुधाबीमा पहिले टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनाएको थियो। उसको एकमात्र विकेट अन्तिम बलमा गुमेको थियो।

कोलकाताका ओपनर राहुल त्रिपाठीबाहेक अन्य ब्याट्सम्यानहरुले राम्रो खेल प्रदर्शन गर्न सकेनन्। प्याट कमिन्सनले नटआउट १७ रन बनाए। सुनिल नरेनले पनि १७ रन नै बनाए। कप्तान दिनेश कार्तिक, इयान मोर्गान र आन्द्रे रसेलले कुनै कमाल देखाउन सकेनन्।

चेन्नाईका लागि ड्वेन ब्राभोले ३ विकेट लिए। साम कुरान, शार्दुल ठाकुर र करण शर्माले २–२ विकेट लिए। दीपक शर्मा चेन्नाईका सबैभन्दा महँगा बलर बने। उनले चार ओभरमा ४७ रन खर्चिए।
 

कमेन्ट लोड गर्नुस