सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिदेखि चिकित्सक संघको आन्दोलन

२०७७ असोज २१, ०७:३० खबर संवाददाता

काठमाडौं : नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। अनसनरत डा. गोविन्द केसीसँग वार्ताका लागि टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो।

जसअनुसार भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने बताएको छ।

यस्तै पर्सि २३ गते देशभर आकस्मिक र कोभिड–१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ। साथै यो अवधिमा पनि वार्ता टनेली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए थप कडा आन्दोलन गर्ने संघको चेतावनी छ।

६ बुँदे माग राख्दै डा. केसी अनसन बसेको २४ दिन भएको छ। तर सरकारले वार्ता गरेको छैन। 

कमेन्ट लोड गर्नुस