सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजस्थानलाई ५७ रनले पराजित गर्दै मुम्बई आईपीएलको शीर्ष स्थानमा

२०७७ असोज २१, ०५:५३ खबर संवाददाता

राजस्थान रोयल्समाथि ५७ रनको फराकिलो जित निकाल्दै साविक विजेता मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा पुगेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो।  मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। मुम्बईका सूर्यकुमार यादवले अविजित ७९ रनको पारी खेले। 

मुम्बईका लागि कप्तान रोहित शर्मा ३५, क्विन्टन डी ककले २३ रन जोडे भने हार्दिक पाण्डयले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए। 

१९४ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेले भने जोफ्रा आर्चर २४, टम करन १५, महिपाल लोमरोरले ११ रन बनाउदा कप्तान स्टिभ स्मिथले ६ रन बनाए। 

जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ। मुम्बईको यो चौंथो जित हो। राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ। 
 

कमेन्ट लोड गर्नुस