सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रकाश चन्दलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

२०७७ असोज २०, ०३:३७ खबर संवाददाता

धनगढी– राष्ट्रिय गोजुरियो कराँते संघले महासचिव प्रकाश चन्दलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। संघको सचिवालय बैठकले उनलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। सुदूरपश्चिममा कराँतेको विकासमा अहम भूमिका निभाउँदै आएका उनी प्रशिक्षण, व्यवस्थापन र रेफ्रिको कार्यमा दक्ष मानिन्छन्। उनले निरन्तर आयोजना गर्दै  आएको अन्तर्राष्ट्रिय प्रतियोगिताले  सुदूरपश्चिमलाई नेपालमा र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सफल भएको छ।
 

कमेन्ट लोड गर्नुस