सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

२०७७ असोज २०, ०२:३६ खबर संवाददाता

दार्चुला: मंगलबार दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर एक कामदारको मृत्यु भएको छ।

गोरेटो बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर व्याँस गाउँपालिका–६ पन्तोलीका ५८ वर्षीय जय सिंह धामीको मृत्यु भएको हो। 

व्याँस गाउँपालिका— ६ सल्लेरी कालाकाडको भीरमा बाटो निर्माणका क्रममा ढुङ्गा लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस