सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप एक जनाको मृत्यु

२०७७ असोज १९, १०:४० रासस

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ। धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो। 

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो।

उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा श्रेष्ठले जानकारी दए। यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ  प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस