सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेन्नईको सानदार जित

२०७७ असोज १९, ०५:४५ खबर संवाददाता

साविकको उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। दुबईमा आइतबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो।

दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो। चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे। पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको साझेदारी गरे।

डुप्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रह । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो।

पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । निकोलस पुरन ३३ रन जोड्दा आउट भए। यस्तै मन्दिप सिंहले २७ तथा मायांक अग्रवालले २६ रन बनाए। चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए। रविन्द्र जडेजा र पियुस चावालाले एक एक विकेट लिए।

जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ। चेन्नई तालिकाको छैटौं स्थानमा समेत उक्लिएको छ। पन्जाबले ५ खेलमा २ अंक जोडेको छ। पन्जाब पुछारमा रहेको छ।
 

कमेन्ट लोड गर्नुस