सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अक्सिजन सपोर्टमा राखियो

२०७७ असोज १८, ०१:४० खबर संवाददाता

काठमाडौं: त्रिभूवन विश्वविद्यालय  शिक्षण अस्पतालमा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अक्सिजन सपोर्टमा राखिएको छ। 

२१ दिनदेखि अनसनरत उनले निरन्तर छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएको उनीसँगै रहेका चिकित्सकले बताएका छन्। 

उनी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९औं अनसन बसेका थिए। 

तर स्वास्थ्यमा समस्या भएपछि उनलाई त्यहाँबाट काठमाडौं लगिएको छ। 

डा. केसी अनशन बसेको २१  दिन पुगिसक्दा पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन। 

कमेन्ट लोड गर्नुस