थप २१२० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८४,५७०
धनगढी : नेपालमा थप २ हजार १२० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ४४ कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।
संक्रमण निको भएर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ।