सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना संक्रमितका परिवारकै सदस्यको परीक्षण गरिदैन्, स्थानीय तह पन्छीदै

२०७७ असोज १७, १२:४२ कमल सावद

धनगढी–धनगढी उप–महानगरपालिकाले वडा नम्बर ६ जालीमा बीहिबार थ्रोट स्वाबको नमूना संकलन गर्न शिविर सञ्चालन गरेको थियो। शिविरमा ५० जना बढीले स्वाब संकलनका लागि नाम लेखाएका थिए। तर ४ जनाको मात्र स्वाब संकलन गरिएको छ। बाँकी नाम टिपाएकाहरुको नमूना संकलन भएन।

संक्रमितका परिवारका सदस्य तथा सम्पर्कमा आएका व्यक्ति पनि स्वाब दिन आनाकानी गरिरहेका धनगढी उप–महानगरपालिकाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्याय बताउँछन्। ‘जालीमा स्वाब संकलनका लागि गएका थियाैँ। चार जनाले मात्र दिए। वडा नम्बर ३ मा पनि नाम लेखाएकाहरु पनि आएनन्। घर–घरमा हामी जादैनौ। उहाँहरुलाई निश्चित ठाउँमा बोलाउने हो। तर सबै आउनु हुँदैन्।’ उनले भने।

तर संक्रमितका परिवारका सदस्यहरु भने नमुना दिन संकलन केन्द्र पुग्नुपर्ने बाध्यताका कारण स्वाब दिन आनाकानी गर्न थालेका छन्। थ्रोट स्वाबको नमूना दिएका अधिकांसमा कोरोना पुष्टि हुन थालेपछि सम्पर्कमा आएकाहरु पनि स्वाब दिन आनाकानी गर्दै आएको दावी स्थानीय तहहरुको छ। कैलालीको भजनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृतिसिह विकेले संक्रमितको सम्पर्कमा आएका सबैको नमूना संकलन गर्न नसकिएको बताए। उनले थ्रोट स्वाबका लागि केन्द्रमा आएकाहरुको मात्र संकलन गरिएको बताए।

‘उहाँहरुको घर–घरमा जाने कुरा भएन्। आएकाहरुको संकलन गर्ने हो। भिटिएम पनि छैन्।’ उनले भने। स्थानीय तहहरुले टोल–टोलमा गएर स्वाब संकलन नगर्ने र शिविरमा नमूना दिन नागरिक नआउने समस्या रहेका बेला प्रदेशमा भिटिएमको समेत अभाव भएको हो। थ्रोट स्वाबको नमूना राख्ने भाँडो (भिटिएम)को अभाव रहेकाले दैनिक स्वाब संकलनमा समेत कमी आएको छ। केहि स्थानीय तहहरुले स्वाब संकलनका लागि भिटिएम खरिद गरेपनि अधिकांस स्थानीय तहमा अहिले भिटिएमको मौज्दात सकिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए। ‘भिटिएम सकिएको भन्दै उहाँहरु आउनु हुन्छ। हामीले आफै खरिद गर्ने हैन्। प्रदेश सरकारबाट आएका वितरण गर्दैछौ। नयाँ खरिद गरिएको छैन्। गत आर्थिक वर्षमा नै खरिद गरिएको भिटिएम हो।’ उनले भने।

कोरोना संक्रमितको सम्पर्कमा आएका तथा परिवारका सदस्यहरुको समेत अहिले परिक्षण गर्न छोडिएको छ। नेपाल सरकारले लक्षण देखिएकाहरुको मात्र परीक्षण गर्ने निर्देशिका ल्याएको दावी गरिएको छ। सोही आधारमा प्रदेशका स्थानीय तहहरुले थ्रोट स्वाबको नमूना संकलन गर्दा सख्यामा कमी आएको दावी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीको छ।

‘अहिले सामाग्रीको पनि अभाव रहेको छ। पर्याप्त मात्रामा भिटिएम पनि नभएको गुनासो आउदैछ। कमप् भनृ होईन्। निर्देशिका पनि परिमार्जन भएको छ। सोहि आधारमा स्वाब संकलन हुँदैछ।’ उनले भने। सुदूरपश्चिममा विहिबार सम्म ८५ हजार ८ सय ४५ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएकोमा ८४ हजार चार सय ९४ को परिक्षण गरिएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस