डडेल्धुरामा थप दुई जनामा कोरोना पुष्टि
२०७७ असोज १७, ०९:४४
धनगढीः डडेल्धुरामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनि गणेजुकाले अमरगढी नगरपालिका वडा नम्बर ८ का एक जना र धनुषा घर भएर डडेल्धुरामा बस्दै आएका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६४ जनाको कोरोना परीक्षण गरिएको छ।
कमेन्ट लोड गर्नुस