सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्वाब संकलन केन्द्र स्थापना

२०७७ असोज १६, ०४:५७ खबर संवाददाता

धनगढी– कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन गर्न धनगढी उप–महानगरपालिकामा संकलन केन्द्र स्थापना गरिएको छ।

नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाद्धारा जर्मन राजदुतावासको सहयोगमा धनगढी उप–महानगरपालिका परिसरमा स्थापना गरेको स्वाब संकलन केन्द्रको शुक्रवार नगर प्रमुख नृपबहादुर वड र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले उद्घाटन गरेका हुन्। 

नगरप्रमुख वडले स्वाब संकलनका लागि सहज हुने बताए। ‘अहिले कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा समुदायमा नै क्याम्प राखेर स्वाब संकलन गरिरहेका छौं,’ नगरप्रमुख वडले भने, ‘स्वाब संकलन केन्द्रबाट पनि स्वाब संकलन गरिने छ।’ 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले धनगढी उप–महानगरपालिकाले कोरोना रोकथान, परीक्षणमा नमुना काम गरिरहेको बताए।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले संकलन केन्द्रमा स्वाब संकलन गर्दा स्वाब दिने र संकलन गर्ने दुबैलाई सजिलो हुने बताए।

नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापती उत्तम जोशीले कोरोना रोकथाम र ब्यबस्थापनका क्षेत्रमा जर्मन राजदुतावासको सहयोग र धनगढी उप–महानगरपालिकाको सहयोगमा उल्लेख्य काम भएको बताए। 
 

कमेन्ट लोड गर्नुस