धनगढीमा घरको बरण्डामा राखेको मोटरसाईकल चोरी
२०७७ असोज १६, ११:२७
धनगढी– धनगढीमा घरको बरण्डामा राखेको मोटरसाईकल चोरी भएको छ। उप–महानगरपालिकाको वडा नम्वर ४ का इन्द्र सिंहको से ५ प ६८७ नम्वरको मोटरसाईकल चोरी भएको हो।
उनले साँझ घरको बरण्डामा राखेको र राति नै मोटरसाईकल चोरी भएको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले चोरीमा संलग्नको खोजी भईरहेको बताए।
कमेन्ट लोड गर्नुस