सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएलमा मुम्बईले पञ्जाबलाई ४८ रनले हरायो

२०७७ असोज १६, ०७:३९ रासस

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ।

आबुधाबीमा राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले हराएर मुम्बईले दोस्रो जित निकालेको हो। शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो। पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए।

क्रिश्नापा गोथामले अविजित २२ रन जोडे। कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे। मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २र२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ७० रनको अर्धशतकीय पारी खेले। यस्तै केइरन पोलार्डले अविजित ४७ रन जोड्दा हार्दिक पाण्डेयले अविजित ३० रन बनाए। इशान किशनले २८ रन जोडे।

सूर्यकुमार यादवले १० रन बनाए। पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एकरएक विकेट लिए। जितसँगै मुम्बईले ४  खेलमा ४ अंक जोडेको छ। मुम्बई शीर्ष स्थानमा उक्लिएको छ। मुम्बईले अघिल्ला तीन खेलमा एक जित र दुई हार व्यहोरेको थियो।

 

कमेन्ट लोड गर्नुस