सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका कार्यरत सशस्त्र प्रहरीका दुई जवान बलात्कारको आरोपमा पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ असोज १५, ०९:५२ खबर संवाददाता

धनगढीः कैलालीका दुई सशस्त्र प्रहरीलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ। बर्दियाको राजापुरमा किशोरीमाथि बलात्कार र यौन दुव्र्यवहार गरेको आरोपमा कैलालीस्थित श्रीलंका पोष्टका दुई सशस्त्र प्रहरीलाई इलाका प्रहरी कार्यालय राजापुरले पक्राउ गरेको हो।

१९ वर्षीया किशोरीमाथि बलत्कार र उनकी १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा दुई जना सशस्त्र प्रहरीलाई बिहीबार बेलुका पक्राउ गरिएको इलाका प्रहरी कार्यालय राजापुरले जानकारी दिएको छ। 
सशस्त्र प्रहरी जवान जीवन दर्लामीमाथि जबरजस्ती करणी र अर्जुन सुनारमाथि जबरजस्ती करणी गरेको उद्योगको आरोप लागेको हो।

सशस्त्र प्रहरी जवानहरुलाई साँझ परेकाले जंगल कटाइदिन आग्रह गरेपछि उनीहरुले फत्तेपुरको नर्सरी जंगलमा बलात्कार र यौन दुव्र्यवहार गरेको जाहेरी परेको छ।
 

कमेन्ट लोड गर्नुस