बैतडीमा भीरबाट लडेर एकको मृत्यु
२०७७ असोज १४, ०४:५९
बैतडी: बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्।
बुधबार खर काट्ने क्रममा भिरबाट लडेर करिब २०० मिटर तल खसेका धामीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
कमेन्ट लोड गर्नुस