सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भीरबाट लडेर घाइते भएकी बालिकाको उपचारका लागि आर्थिक सहयोग

२०७७ असोज १४, ०३:३८ खबर संवाददाता

धनगढी: डोटीमा भीरबाट लडेर घाइते भएकी बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। जिल्लाको पुर्वीचौकी गाउँपालिका–५ काडामाण्डौ न्वाघरकी ९ वर्षीया दुर्गा साउदको उपचारका लागि ७२ हजार ५ सय हस्तान्तरण गरिएको हो। 

तेडि शृजनशिल युवा क्लबले संकलन गरेको रकम गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बालिकाका आफन्तलाई हस्तान्तरण गरेका छन्। 

दुर्गा गत भदौ २५ गते घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी थिइन। लडेर उनको टाउको र जिब्रोबा गम्भिर चोट लागेको थियो भने हात भाच्चिएको थियो। 

आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि तेडि शृजनशिल युवा क्लबल अभियान संचालन गरेको थियो। दुर्गा साउदको उपचारका लागि स्वदेश तथा भारतबाट विभिन्न सहयोगीले रकम संकलन गरेको क्लबका अध्यक्ष बिरबहादुर साउदले बताए। 
 

कमेन्ट लोड गर्नुस