दिल्लीको पहिलो हार, हैदराबादको पहिलो जित
इन्डियन प्रिमियर लिग–आईपिएल क्रिकेटको यो सिजन दिल्ली क्यापिटल्सले पहिलो हार ब्यहोरेको छ। मंगलबार राती भएको खेलमा दिल्ली, सनराइजर्स हैदराबादसँग १५ रनले पराजित भएको हो। हैदराबादले भने लगातार दुई हारपछि पहिलो जित हात पारेको हो।
सनराइजर्स हैदराबादले एक सय ६३ रनको लक्ष्य दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ४७ रन जोड्यो। रसिद खानले चार ओभरमा १४ रन खर्चिएर ३ विकेट हात पारे। भुवनेश्वर कुमारले २ तथा खलिल अहमद र टी नाटाराजनले एक÷एक विकेट हात पारे।
त्यसअघि हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६२ रन जोड्यो। हैदराबादका जोनी बेयर्स्टो सर्वाधिक ५३ रन बनाए। कप्तान डेभिड वार्नरले ४५ र केन विलियमसनले ४१ रन बनाए। दिल्लीका बलर कागिसो राबडा र अमित मिश्राले दुई दुई विकेट लिए। राबडाले चार ओभरमा २१ रन मात्र खर्चिए।