सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर नाकामा मालबाहक गाडीहरुको आवागमन सहज बनाउन छलफल

२०७७ असोज १३, ०९:५८ खबर संवाददाता

धनगढी– त्रिनगर नाकामा मालबाहक गाडीहरुको आवागमन सहज बनाउन र भारतीय दक्ष कामदारको प्रवेश अनुतीका विषयमा धनगढीमा छलफल भएको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, मन्त्रालयका सचिब, सहसचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितमा छलफल भएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए। 

छलफलमा कैलाली भन्सार प्रमुख, कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, पूर्व अध्यक्ष दिनेशराज भण्डारी लगायतकाृ सहभागीता रहेको समेत ओझाले बताए।

‘गौरिफन्टा नाकामा सहज रुपमा मालबाहक गाडीहरु निर्बाध रुपमा आउन जान पाउनुपर्ने, आम जनताहरुको आवगमन सहज हुनुपर्ने, भारतीय दक्ष कामदारलाई स्वास्थ मापदण्ड पूरा गरी आउन दिनुपर्ने लगायतका विषयमा छलफल भएको छ।’ ओझाले भने।

ति विषयमा सबैको प्रतिक्रीया सकारात्मक आएको बताउँदै ओझाले समस्या समाधनका लागि पहल भईरहेको बताए। 
 

कमेन्ट लोड गर्नुस