सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन गरिदै

२०७७ असोज १३, ०६:५६ खबर संवाददाता

धनगढी– धनगढीमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन आज गरिदैछ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले नेपाली सेनालाई हिजो नै जानकारी दिएको बताउँदै आज शव व्यवस्थापन हुने जानकारी दिए।

सेती प्रादेशिक अस्पतालमा उपचाररत वडा नम्वर १ की ६३ बर्षीया संक्रमित महिलाको सोमवार मृत्यु भएको थियो। ति महिलालाई असोज १० गते कोरोना पुष्टि भएको थियो भने उनको आईसियूमा उपचार भईरहेको थियो। स्वासप्रश्वासमा समस्या भएपछि उनी कोरोना पुष्टि हुन अगाडिदेखि नै सेतीमा उपचाररत र्थिइन्। 
 

कमेन्ट लोड गर्नुस