सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ असोज १२, ०४:०१ खबर संवाददाता

धनगढी– धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत वडा नम्वर १ की ६३ बर्षीया संक्रमित महिलाको आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ति महिलालाई असोज १० गते कोरोना पुष्टि भएको थियो भने उनको आईसियूमा उपचार भईरहेको थियो। 

‘स्वासप्रश्वासमा समस्या भएपछि उनी कोरोना पुष्टि हुन अगाडिदेखि नै सेतीमा उपचाररत र्थिइन्। ७ गतेदेखि उपचार भईरहेकोमा आज मृत्यु भएको हो।’ सूचना अधिकारी श्रेष्ठले भने। योसंगै धनगढीमा कोरोना संक्रमित मृतकको संख्या तीन पुगेको छ भने सुदूरपश्चिममा २१ पुगेको छ। 

कमेन्ट लोड गर्नुस