सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाको मृत्युपछि आमाले अर्को बिहे गरेर गइन, चार भाइबहिनीको बिचल्ली

२०७७ असोज १२, ०२:५७ प्रकाश सिंह

बाजुरा: लोकेन्द्र बोहोरा १६ वर्षका भए। उनी आफ्ना दुई बहिनी र एक भाइसँग भत्किनै लागेको घरमा बस्दै आएका छन्। २०७३ सालमा बुवा गुमाएका उनले आमाको साथ पनि पाएका छैनन्। गत साउनमा उनकी आमा अर्को बिहे गरेर गइसकिन। 

बाजुराको बुढीगंगा नगरपालिका–६ बोरावाडामा बस्दै आएका चार भाईबहिनी बेसाहरा भएका छन्। आमा धना बोहोराले समेत छाडेर गोमुलमा अर्कैसँग घरबार बसाएपछि उनीहरुको बिजोग भएको छ। 

लोकेन्द्रका भाई १२ वर्षीय टेकबहादुर, बहिनीहरु ११ वर्षीया सम्झना र ६ वर्षकी बिपना अहिले खरले छाएको चुइने तथा पुरानो घरमा बसिरहेको स्थानीय मन बहादुर बोहोराले बताए। 

आर्थिक अवस्था कमजोर भएपछि लोकेन्द्रले कक्षा ७ सम्म पढेर विद्यालय छोडिसकेका छन्। टेक कक्षा ६ मा, सम्झना कक्षा ४ र बिपना कक्षा १ मा अध्ययन गरिरहेका छन्। बुवाको मृत्यु भइसकेपछि माथिल्लो कक्षा पढ्न आर्थिक अभाव भएकै कारण पढाइ छाडेको लोकेन्द्रले बताए। 

भाइबहिनी विद्यालय जाने भएपनि उनीहरुलाई कापीकलम र पोशाकको व्यवस्थापन गर्न निकै कठिनाई भएको उनले सुनाए। ‘आमा हुँदा भाइबहिनीलाई पालनपोषण गर्न केही सहज भएको थियो तर आमाले अर्को बिहे गरेर अलपत्र परेका छौ’ उनले भने। 

अहिले लोकेन्द्रले स्थानीय बजार र गाउँमा काम गरेर भाइबहिनीलाई पाल्ने गरेका छन्। ‘काम पाएको दिन किनेर नत्र आफन्तले दिएपछि खाना खाने गरेका छौ। भएको एक घर छ तर यो पनि कहिले भत्किने हो पत्तो छैन’ उनले भने। कपडा समेत अरुसँग मागेर लगाउने गरेको लोकेन्द्रले बताए। 

‘अरुले नयाँ लुगा लगाएको देख्दा, राम्रोराम्रो खाएको देख्दा हामीलाई पनि रहर लाग्छ तर के गर्नु हेरेर चित्त बुझाउने गरेका छौ’ बहिनी सम्झानाले भनीन। बुवाको मृत्यु भएपश्चात अमाले नै सहारा दिन्छिन जस्तो लागेपनि उनले पनि केहि जानकारी नदिएरै छाडेर गएको सम्झनाले बताइन। ‘अरुका आमाबुवाले माया गरेको देख्दा रुन मन लाग्छ’ सम्झनाले रुदै भनीन। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस