सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको मार्मामा निर्माण हुने माथिल्लो चमेलियामा पाँच अर्ब १८ करोड लगानी

२०७७ असोज १२, ०२:०१ नरेन्द्र कार्की

दार्चुला: दार्चुलाको मार्मा गाउँपालिका आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब १८ करोड लगानी गर्ने भएका छन्। बहुपक्षीय लगानी सम्बन्धी सम्झौतामा आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत सात अर्ब ४० करोड रहेको छ। आयोजनामा बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने दुई अर्ब २२ करोड भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ।

आयोजनामा हिमालयन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्ने भएका छन्। 

कम्पनीले ८.५ मेगावाट क्षेमताको नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ भाद्र २ गतेदेखि राष्ट्रिय प्रसारण लाईनमा जोडेको थियो। यस्तै कम्पनीले दोस्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी आठ मेगावाट क्षमताको अपर नौगाड जलविद्युत् आयोजना २०७६ साल कातिक १३ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडेको थियो।

दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरिया–बलाँच १३२ केभी प्रसारण  लाइनमार्फत विद्युत् प्रवाह गरिरहेको छ। आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिनेछ। आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ।

माथिल्लो चमेलियाको निर्माणपछि कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ५६.५ मेगावाट पुग्नेछ।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस