सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पसलमा तीन लाखको चोरी गर्ने एक जना पक्राउ

२०७७ असोज १२, १२:०८ खबर संवाददाता

पुर्नवासः कञ्चनपुरमा पसलमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ६ को ङ गाउँमा स्थानीय टेकबहादुर रोकायाको पसलमा चोरी गरेको आरोपमा सोही ठाउँका २० वर्षीय मनिष बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले पसलमा नगद, जिन्सी, गरगहना र नगद गरी तीन लाख चोरी भएकोमा एक लाख ६९ हजार नगद सहित बिकलाई पक्राउ गरिएको बताए।

बिकलाई नियन्त्रण लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस