सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कार्यरत थप पाँच जना प्रहरीमा कोरोना पुष्टि

२०७७ असोज १२, ०८:३१ खबर संवाददाता

धनगढीः धनगढीमा कार्यरत थप पाँच जना प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आईतबार थप पाँच जना प्रहरीमा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयमा निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक मुकेशकुमार सिहले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जना र सशस्त्र प्रहरी गुल्म धनगढीका चार जना गरी पाँच प्रहरीमा कोरोना पुष्टि भएको जानकारी दिए।

यस्तै आईतबार नै बझाङमा कार्यरत थप एक प्रहरीमा पनि संक्रमण पुष्टि भएको निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या एक सय ५२ पुगेको छ।

उनीहरु मध्ये ९० जना प्रहरीले कोरोना जितिसकेका छन् भने ५६ जना संक्रिय संक्रमित रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस