सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा संक्रमितको संख्या ५८४ पुग्यो

२०७७ असोज १२, ०७:५२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या झण्डै ६ सय नजिक पुगेको छ।

धनगढीमा आईतबार थप १३ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या पाँच सय ८४ पुगेको उप–महानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले कुल पाँच सय ८४ संक्रमितमा साढे चार सय बढिले कोरोना जितेको बताए।

उनले एक सय ६५ महिला र तीन सय ८ जना पुरुष गरेर चार सय ७३ जना संक्रमण मुक्त भएको जानकारी दिए। उपाध्यायका अनुसार धनगढीमा एक सय ९ जना मात्रै संक्रिय संक्रमित रहेका छन्।

उप–महानगरपालिकाका कोरोनाका कारण वडा नम्बर ४ र ५ का दुई महिलाको मृत्यु भईसकेको छ। 
 

कमेन्ट लोड गर्नुस