सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट झण्डै डेढ लाखको भन्सार छलीको सामान बरामद

२०७७ असोज १२, ०७:३१ खबर संवाददाता

धनगढीः प्रहरीले धनगढीबाट झण्डै डेढ लाखको भन्सार छलीको कपडा सहितका सामान बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को सडक खण्डमा बेवारिसे अवस्थामा छोडिएको भन्सार छलीको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बच्चाको रेडिमेड कपडा, थान कपडा र लेडिज फराक, सुट गरेर एक लाख ३४ हजार मूल्य बराबरको सामान बरामद गरी आजवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस