सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अजयमेरुका विद्यालय खुले

२०७७ असोज ११, ०५:५० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरुमा आइतबारबाट पठनपाठन सुरु गरिएको छ। अजयमेरुका ३० वटा सामुदायिक विद्यालयहरु र २ वटा निजी विद्यालय गरी ३२ वटा विद्यालयहरुले सामाजिक दुरी कायम गर्दै पठनपाठन सुरु गरेका हुन। 

नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्रीस्तारिय वैठकबाट पारित  निर्णय अनुसार विधार्थी सिकाई सहजीकरण निर्देशिकाको दफा ३३ को उपदफा २ लाई आधार मानी विद्यालयहरुमा पठन पाठन सुरु गरेको अजमेरु गाउँपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद पन्तले बताए। उनले स्वस्थ्य सतर्कता अपनाउँदै पठन पाठन सुरु गरेको बातए।

गाउँपालिकाले स्थानीय तहमा रहेका विद्यालय संचालनका लागि यसअघि प्रधानाध्यापक, अभिभावक, विद्यालय कर्मचारी र अन्य सरोकारवालासँग राय सुझाव संकलन गरी विद्यालय संचालन गर्ने निर्णय गरेको हो। कोरोनाको जोखिमलाई मद्यनजर गर्दै नियमित विद्यालय खोल्ने निर्णय गरेको अजयमेरु गाउँपालिकाले जनाएको छ।

अभिभावकहरुसँग दुई पटक छलफल गरी उनीहरुकै सहमती र सहयोगमा विद्यालय संचालन गरेको भद्रपुर माध्यामिक विद्यालयका प्रध्यानाध्यापक हेमराज पाण्डेयले बताए। विद्यालय सञ्चालन भएको पहिलो दिनमा विद्यार्थीहरुलाई कोभिड–१९ का विषयमा स्वास्थ्य संस्थाका कर्मचारीहरुमार्फत जानकारी गराइएको उनले बताए। 

 

कमेन्ट लोड गर्नुस