सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १५७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७३३९४ पुग्यो

२०७७ असोज ११, ०४:२६ खबर संवाददाता

धनगढी: पछिल्लो २४ घण्टामा नेपालमा थप १५७३  जना कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका  प्रयोगशालामा  गरिएको १० हजार १२३  नमुना जाँचमध्ये  १५७३ जनामा संक्रमण देखिएको हो।

योसँगै संक्रमितको कूल संख्या ७३ हजार ३९४   पुगेको छ।

२४ घण्टामा ८८५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। देशभर १९ हजार १९  जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस