सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयुर्वेद पढेकी मायालाई नर्सिङ लाइसेन्स दिइएपछि...

२०७७ असोज ११, ०३:०८ खबर संवाददाता

धनगढी: डडेल्धुराको पारामेडिकल क्याम्पसमा सहायक आयुर्वेदिक स्वास्थ्यकर्मी (एएएचडब्ल्यू) को १५ महिने अध्ययन सकेकी माया पन्तलाई नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स वितरण गरेको छ। 

रजिस्ट्रार विन्दा घिमिरेले पन्तलाई बिरामीको उपचार गर्न योग्य भनी दर्ता प्रमाणपत्र दिएको पाइएको हो। उनलाई रजिस्ट्रार घिमिरेले अनमीको पदमा दर्ता गराएकी छन्।

आयुर्वेद अध्ययन गर्नेहरूको लाइसेन्स नरदेवी आयुर्वेद काउन्सिलमा दर्ता हुन्छ। तर पन्तको नाम नर्सिङ संघमा दर्ता छ। 

जिल्लाको अजयमेरु गाउँपालिकाकी माया पन्त गलत लाइसेन्स दिईदा चिन्तित भएकी छन्। सोही कारणले प्रदेश सरकारले आयुर्वेदका लागि खुलाएको लोकसेवा परीक्षा दिनबाट बञ्चित हुने उनले बताइन। यही १४ गते आफ्नो परीक्षा भएको तर आफुसँग नर्सिङको लाइसेन्स भएका कारण उक्त परीक्षा दिन नपाइने होकी भन्दै उनी चिन्तित बनेकी हुन। 

साथै मायाले एक हप्ताभित्र लाइसेन्स् नसच्याए कानुनी बाटो खोज्ने बताएकी छन्। आफूले रजिस्ट्रार घिमिरेलाई फोन सम्पर्क गरेर बताउँदा उनले सच्याउनेभन्दा पनि बाहिर हल्ला नगर्न भनेको मायाले बताइन। 

 

 

कमेन्ट लोड गर्नुस