सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कोरोना संक्रमितको मृत्यु भएपछि नगरपालिका सिल

२०७७ असोज ११, ०२:१८ खबर संवाददाता

बैतडी: बैतडीमा कोरोना संक्रमितको मृत्यु भएपछि पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ। नगरपालिकामा बसेको आकस्मिक बैठकले नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो।

आइतबारदेखि नै  स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने पुर्चौडी नगरपालिकाले जनाएको छ।  नगरपालिकामा रहेका सबै विद्यालय, वित्तिय संस्था, सरकारी कार्यालयहरु बन्द रहने बताइएको छ। 

भारतको बैंग्लोरबाट फर्किएका पुर्चौडी नगरपालिका ३ का २९ वर्षीय पुरुष घर नसजकै मृत अवस्थामा फेला परेका थिए। मृत भेट्टिएका ती पुरुषमा शनिबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो।

कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी परीक्षण गर्ने निर्णय समेत गरेको छ। 

कमेन्ट लोड गर्नुस